राहुल तेवतियाले आइतबार राती खेलेको इनिंग टि-२० क्रिकेटमा देखिएको निकै अनौठो र उत्कृस्ट इनिंग थियो।
पन्जाबले दिएको २२४ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले ब्याटिंग अर्डरमा नम्बर-४ मा बढुवा गरेका तेवतियाले इनिंगको सुरुवात कछुवा गतिमा गरे। प्रति ओभर ११ रन भन्दा माथि बढ्दै गएको अवस्थामा उनले सुरुवाती १३ बलमा मात्र ५ रन बनाए। त्यसपछि १९ बलमा ८ रन र २३ बलमा १७ रन। उनको सुस्त इनिंगको प्रतिफल राजस्थानलाई जित्न १७ रन प्रतिओभर आवस्यक रह्यो अर्थात् अन्तिम ३ ओभरमा जित्न ५१ रन।
तर त्यसपछि तेवतियाले अचम्मित ! पार्ने गरि बल हिर्काउन थाले। त्यसपछिको ७ बलमा देब्रे हाते ब्याट्सम्यान तेवतियाले ६ वटा बललाई बाउन्ड्री रोप माथि छक्काको लागि प्रहार गरे। शेल्डन कटरेलको एकै ओभरमा उनले ५ छक्का हिर्काए। जित असम्भव जस्तो देखिएको बेला केहि मिनेटको अन्तरालमै तेवतिया ‘भिलेन’ बन्ने बाटोबाट मोडिएर ‘हिरो’ बन्न पुगे। उनले ३१ बलमा ७ छक्का प्रहार गर्दै ५३ रन बनाए।

तेवतियाको इनिंग दौरान सुरुवातमा राजस्थानले तेवतियालाई पठाएको निर्णयमा प्रश्न चिन्ह खडा गरिएको थियो। २३ बलमा १७ रन बनाएपछि खेलको विश्लेषण गर्ने साइट Cricviz Analyst तेवतियाले टिमको लागि ‘हानिकारक’ ब्याटिंग गरेको लेख्यो-
“अहिलेसम्म राहुल तेवतियाको इनिंग निकै हानिकारक छ। उनको ब्याटिंग प्रभाव -१५ रहेको छ जसले उनि क्रिजमा हुँदा टिमलाई १५ रन घाटा भएको देखाउछ। उनि रिकभर गर्न सक्छन् तर हानि सम्भवत भैसकेको छ।” तर तेवतियाले रिकभर गरेरै देखाए।
So far, this is an incredibly damaging knock from Rahul Tewatia. His Batting Impact is -15, suggesting that his time at the crease has cost Rajasthan 15 runs. He could recover, but the damage has probably been done. #IPL2020 #RRvKXIP
— The CricViz Analyst (@cricvizanalyst) September 27, 2020
जब उनले १३ बलमा ५ रन बनाएका थिए त्यसबेला कुनै टिमले संघर्षरत ब्याट्सम्यानलाई रिटायर आउट गर्न सक्छ कि सक्दैन बहस चलेको थियो। EspnCricinfo का पत्रकार सिद्धार्थ मोंगाले बल-बलको अपडेटमा लेखेका थिए – “म तेवतियालाई महसुस गर्न सक्छु, साच्चै, किनकि उनि खेलको भिलेन बनेका छन्, उनि राम्रो क्रिकेटर हुन् जो टिमको लागि जे पनि गर्न सक्छन् र त्यो गर्न मन पनि पराउछन्, तर उनले टिमलाई असम्भव अवस्थामा ल्याएका छन्, टिमले उनको क्षमतालाई निकै बढी मुल्यांकन गर्यो। उनि बल राम्रोसंग हेर्दैछन् तर उनिसंग सट छ जस्तो लाग्दैन।”
मोंगा मात्रै हैन त्यो बेला तेवतियाको इनिंगबारे धेरैले सोहि कुरा गरे। चर्चित कमेन्टेटर हर्षा भोगलेले लेखे – “म तेवतियालाई महसुस गर्न सक्छु तर उनि टिमलाई खेल हराउदै छन्।”
It isn’t even a question of Tewatia’s ‘intent’ here, he is simply not a good enough batsmen.
— Kieran (@BerbaSpinCric) September 27, 2020
Not Tewatia’s fault at all. Team management’s poor decision making him bat up. #IPL2020
— Sreshth Shah (@sreshthx) September 27, 2020
HORRIBLE decision to send in Tewatia as the so-called pinch hitter at No.4. He’s struggling 5(13)*🤦🏼♂️🤦🏼♂️#SanjuSamson must also be losing his momentum being stuck with such a partner.#RR were rocking this chase (Smith – Samson partnership👌) till this Tewatia came in!#KXIPvsRR
— Kaushik LM… #RIPSPBSir (@LMKMovieManiac) September 27, 2020
Need to retire out Tewatia now that you have messed up. #RR
— Saurabh Malhotra (@MalhotraSaurabh) September 27, 2020
This is probably the worst T20 innings I have ever seen from Tewatia. It’s agony. Just retire him out #RR #IPL2020
— Warren Tarling (@wozzajt) September 27, 2020
Two bad moves by Steve Smith, Opting to bowl 1st on a blinding wicket even with dew in 2nd half that too is forgiven but sending Rahul Tewatia at No.4 is unforgivable.
Ravi Bishnoi we can see him soon in Indian Team. Still remember the fight he put up in U-19 finals.
— TamilNadu Weatherman (@praddy06) September 27, 2020
सुपर ओभरमा मुम्बई पराजित, सनसनीपूर्ण खेलमा बैंगलोरको जित
“पहिलो २० बल जीवनकै खराब थियो” तेवतिया
४ खेलाडी जसले राजस्थानलाई कीर्तिमानी लक्ष्य भेटाउन अहम योगदान दिए
IPL : राजस्थान-पन्जाब खेलमा बनेका १० रेकर्ड, टुट्यो १२ वर्ष पुरानो रेकर्ड