थाईल्याण्ड महिला टिमको ऐतिहासिक उपलब्धि, टि-२० विश्वकप खेल्न पहिलो पटक छनौट

स्कटल्याण्डमा जारि महिला टि-२० विश्वकप छनोट अन्तर्गत सेमिफाइनलमा पपुवा न्यु गिनीलाई पराजित गर्दै पहिलो पटक टि-२० विश्वकप खेल्न छनोट भएको छ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुन लागेको महिला टि-२० विश्वकपको रोडम्यापको रुपमा रहेको यस छनोट प्रतियोगितामा थाइल्याण्डले अपराजित रहँदै फाइनलसम्मको यात्रा पनि तय गरेको छ। शनिबार हुने फाइनलमा थाइल्याण्डले उपाधीको लागि अर्को अपराजित टिम बंगलादेशको सामना गर्नेछ।

 

बंगलादेश पनि २०२० टि-२० विश्वकपको लागि छनोट भईसकेको छ। छनौट प्रतियोगितामा सहभागी ८ टिमलाई दुइ समुहमा बिभाजन गरिएको थियो भने जसबाट दुवै समुहबाट उत्कृस्ट हुने २/२ टिम सेमीफाइनल प्रवेश गरेका थिए। बंगलादेश र थाईल्याण्डले सेमीफाइनल जित्दै विश्वकपमा स्थान पक्का गरेको हो।

प्रतियोगिता अन्तर्गत समूह ‘बि’ मा रहेको थाइल्याण्डले समूह चरणमा आयरल्याण्ड, नेदरल्याण्ड र नामिबियालाई पराजित गरेको थियो।

अंकतालिका 

२०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपमा मात्र १० टिम सहभागी हुनेछन् जसमा थाईल्याण्ड मात्र एसोसीएट राष्ट्र हुनेछ। यस अघिनै आयोजक अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका, श्रीलंका र वेस्टइन्डिज प्रतियोगिताको लागि छनौट भैसकेका थिए।

थाइल्याण्डको प्रतियोगितामा प्रदर्शन

प्रतियोगितामा अपराजित रहँदै विश्वकप छनौट भएको थाइल्याण्डले यस क्रममा नेदरल्याण्ड, नामिबिया र आयरल्याण्डलाइ पराजित गरेको थियो।

नेदरल्याण्ड बिरुद्द: प्रतियोगिता अन्तर्गत पहिलो खेलमा थाइल्याण्डले नेदरल्याण्डलाई  ३० रनको अन्तरले पराजित गर्यो। बर्षाले ९ ओभरमा झारिएको खेलमा थाइल्याण्डले पहिले ब्याटिंग गर्दै विकेट नगुमाई ७६ रन बनाएको थियो। जवाफमा नेदरल्याण्डले ५ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो।

नामिबिया बिरुद्द: दोश्रो खेलमा टस जितेर पहिले ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर ९९ रनको स्कोर बनाएको थियो। जवाफमा नामिबियालाई ४ बल अगावै ६१ रनमा अलआउट गर्दै ३८ रनले पराजित गर्यो।

आयरल्याण्ड बिरुद्द: महिला क्रिकेटमा बलियो मानिएको आयरल्याण्डलाई थाइल्याण्डले पछिल्लो एक महिनामा थाइल्याण्डले तेस्रो पटक पराजित गरिसकेको छ। यस खेलमा थाइल्याण्डले पहिले ब्याटिंग गर्दै १७ ओभरको खेलमा ९२/८ रन बनाएको थियो। जवाफमा आयरल्याण्डले ९०/९ बनाएपछी थाइल्याण्डले रोमान्चक २ रनको जित निकाल्यो।

यसअघि अगस्टमा सम्पन्न स्कटल्याण्ड र नेदरल्याण्डसमेत सम्मिलित ४ राष्ट्र सहभागी टि२० सिरिज अन्तर्गत थाइल्याण्डले आयरल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो। अगस्ट ९ मा भएको खेलमा डिएलएस मेथडका अनुसार ४ रन तथा अगस्ट १३ मा भएको खेलमा ७ विकेटले पराजित गरेको थियो। सोहि प्रतियोगितामा थाइल्याण्डले नेदरल्याण्डलाई समेत पराजित गरेको थियो।

पपुवा न्युगिनी बिरुद्द (सेमिफाइनल): बिहिबार सम्पन्न सेमिफाइनलमा थाइल्याण्डले पपुवा न्यु गिनीलाई ८ विकेटले पराजित गर्यो। पपुवा न्युगिनीले पहिले ब्याटिंग गर्दै ६७/७ रन बनायो। थाइल्याण्डले मात्र २ विकेट गुमाएर १७.३ ओभरमा लक्ष्य पुरा गर्यो।