Home - अन्तर्राष्ट्रिय क्रिकेट - इंग्ल्यान्ड १० विकेटले पराजित

अन्तर्राष्ट्रिय क्रिकेट

इंग्ल्यान्ड १० विकेटले पराजित

Rajan Shah
Editor
  •  
  •  
  •  
  •  
  •  
  •  

  • विकेटनेपाल, मङ्सिर ११

इंग्ल्याण्ड पहिलो इनिंग : ३०२ (  भिन्स ८३ , स्टार्क ३/७७, कमिन्स ३/८५ ) , अस्ट्रेलिया पहिलो इनिंग : ३२८ ( स्मिथ १४१* , ब्रोड ३/४९ ) , इंग्ल्याण्ड दोश्रो इनिंग : १९५  (रुट ५१, हेजलवुड ३/४६, स्टार्क ३/५१, लायन ३/६७), अस्ट्रेलिया दोश्रो इनिंग: १७३/० (वार्नर ८७*, ब्यांकक्राफ्ट ८२*) – अस्ट्रेलिया १० विकेटले बिजयी

डेविड वार्नर र क्यामरुन ब्यांकक्राफ्टले पहिलो विकेटका लागि अविजित १७३ रनको साझेधारी गरेपछि अस्ट्रेलियाले एसेज सिरिज अन्तर्गतको पहिलो टेस्ट १० विकेटले जित्दै सिरिजमा १-० को अग्रता लिएको छ ।

१७० रनको बिजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले चौथो दिनको समाप्तीमा ११४ रन बनाएको थियो ।  पाँचौं दिन विकेट नगुमाई ५९ रन थपेपछि खेल आफ्नो पक्षमा पारेको हो ।

उसका लागि बार्नरले अविजित ८७ रन बनाए जसमा ११९ बलमा १० चौका सामेल छ । अर्का ओपनर ब्यांकक्राफ्टले अविजित ८२ रनको पारिमा १८२ बलको सामना गरे जसमा १० चौका र १ छक्का सामेल छ ।

गाब्बा मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको इंग्ल्याण्डले पहिलो पारीमा जेम्स भिन्सको ८३ रनको पारीको मद्दतमा ३०२ रन बनाएको थियो ।  जवाफमा म्यान अफ द म्याच समेत चुनिएका स्टिव स्मिथले आफ्नो टेस्ट क्यारियरको २१ औं शतक बनाउने क्रममा अविजित १४१ रनको पारि खेलेपछी घरेलु टोलीले ३२८ रनको योगफल तयार पारेको थियो ।

२६ रनले पछी परेको स्थितिमा ब्याटिंगमा उत्रेको इंग्ल्याण्डका लागि कप्तान जोए रुटले ५१ रनको अर्धसतकिय पारि खेलेपनि मात्र १९५ रनमा सबै विकेट गुमाएपछी अस्ट्रेलियालाई जितको लागि मात्र १७० रन आबश्यक रहेको थियो ।

जारि एसेज सिरिज अन्तर्रगतको दोश्रो टेस्ट खेल एडिलेड ओभलमा डिसेम्बर २ देखि ६ सम्म हुनेछ जुन डे-नाइट टेस्ट रहेको छ ।

फिलिप ह्युजको सम्झना

सन् २०१४ मा अस्ट्रेलियाको घरेलु क्रिकेट शेफिलशिल्ड अन्तर्गत दक्षिण अस्ट्रेलिया र न्यु साउथ वेल्स बिचको खेलमा ६३ रनमा ब्याटिंग गरिरहेका फिलिप ह्युजलाई तिब्र गतिका बलर सेन एबटले फालेको बाउन्सरले टाउकोको पछिल्लो भागमा लागेर नोभेम्बर २४ तारिखमा मैदानमा ढलेका थिए ।

उनलाई तत्काल अस्पताल लगिएपनि उनको ज्यान बचाउन नसक्दा आजकै दिन अर्थात सन् २०१४ नोभेम्बर २७ तारिखका दिन उनको निधन भएको थियो ।

यो घटनालाई विश्व क्रिकेटमा एक दुखद घटनाको रुपमा लिईने गरिन्छ ।

उनै फिलिप ह्युजलाई सम्झने क्रममा अस्ट्रेलियाका सम्पूर्ण खेलाडीहरुले हातमा कालो पट्टी अर्थात आर्म ब्याण्ड बाधेका थिए ।

एसेज सिरिज अन्तर्गत ५ औ दिनको खेलका क्रममा ह्युजकै साथी खेलाडी डेविड वार्नरले ६० रनमा ब्याटिंग गरिरहेका थिए, त्यसपश्चात उनले दौडिदै ३ रन पुरा गरे अनि आकाश तिर फर्किए ।

फिलिप ह्युजलाई जब बलले लागेर मैदानमा ढले त्यतिबेला उनी ६३ रन बनाएर खेलिरहेका थिए त्यसैले उनलाई ६३ नटआउट फरएभरको रुपमा सम्झने गरिन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •