IPL : आउट दिएको निर्णय अम्पायरले फिर्ता लिएपछि



चेन्नाई र राजस्थान बीच मंगलबार राती सम्पन्न खेलमा आउट दिईएका ब्याट्सम्यान टम करनलाई रिभ्यु बाँकी नभएको अवस्थामा पनि पुनः फिर्ता बोलाइए पछि विवाद सिर्जना भएको थियो।

पहिलो इनिंगको १८ औं ओभरमा करनले दिपक चाहरको बललाई पुल गर्न खोज्दा विकेटकिपरबाट समातिन पुगे। बल पास हुँदा आवाज सुनिएको थियो। धोनीले समाउनु अघि बल थाई प्याडमा लाग्दा उक्त आवाज आएको थियो। चेन्नाई खेलाडीहरुले अपिल गरे र अम्पायरले पनि औला उठाए।

त्यसपछि करनले ‘रिभ्यु’ को इशारा गरे जसलाई राजस्थानसंग रिभ्यु बाँकी नभएको कुरा थाहा थिएन। उनि त्यसपछि मैदानबाट बिस्तारै बाहिरिए। तर मैदान भित्रका अम्पायरले ठूलो स्क्रिनमा रिप्ले हेरेपछि थर्ड अम्पायरसंग कुरा गर्दै निर्णय परिवर्तन गरे। थर्ड अम्पायरले पक्का गरे कि बल थाई प्याडमा लागेको थियो। यस्तै धोनीको क्याच पनि स्पस्ट थिएन र मैदानमा बलले छोएर ग्लब्समा छोएको जस्तो देखिएको थियो।

उक्त घटना पछि धोनीले आफुलाई शान्त राख्न सकेनन्। आउट दिईसके पछि निरनाया परिवर्तन गरेकोमा धोनीले अम्पायरसंग असन्तुष्टि प्रकट गरे। आईपीएलको नियम अनुसार “अम्पायरले निर्णय लिनु अघि थर्ड अम्पायरसंग परामर्श लिन पाउछ।” तर आउट दिईसकेपछि थर्ड अम्पायरमा गरिएको परामर्शमा भने धोनीको चित्त दुखाइ थियो।

घटनाको दौरान कमेन्टेटरहरुले प्रविधिको प्रयोग भएकोमा तारिफ गरे। पूर्व भारतीय क्रिकेटर समेत रहेका मुरली कार्तिकले बताए – “अन्ततः गल्ति सुधार गर्न प्रविधिको प्रयोग भएको छ। सबैले गल्ति गर्न सक्छ तर गल्ति गरेको थाहा भएको खण्डमा त्यसलाई उल्ट्याउन मिल्छ र ठिक त्यही कुरा भयो।” यस्तै अर्का कमेन्टेटर तथा पूर्व इंगलिस क्रिकेटर मार्क निकोलसले पनि अन्तः सहि निर्णय आएको बताए – “अन्ततः नट आउट, सहि निर्णय आयो जसको लागि हामी खुसि हुनुपर्छ।”

स्थिति अझ विचित्र त तब भयो जब ‘बल ट्र्याकिंग’ ले उक्त बलले स्टम्पमा लागेको देखायो। करनले ९ बलमा १० रन बनाएर अविजित रहे। इनिंगमा राजस्थानले २१६/७ को योगफल खडा गरेपछि चेन्नाईले २०० रन मात्र बनाउन सक्यो।

साक्षी धोनीले पोखिन असन्तुष्टि, पछि डिलेट गरिन् ट्वीट 

घटना पछि धोनीको श्रीमती साक्षी धोनीले ट्वीट गर्दै प्रविधिको उपयोग राम्रो संग गर्नु पर्ने धारणा राखिन् –

“प्रविधि प्रयोग गर्दै हुनुहुन्छ भने त्यसलाई सहि तरिकाले प्रयोग गर्नुस …. आउट आउट नै हो , क्याच होस् या एलबिडब्लु” पछि उक्त ट्वीट उनले हटाइन्।

ट्वीटरमा मात्र हैन इन्स्टाग्राममा पनि साक्षीले असन्तुस्टी पोख्दै अम्पायरिंगको स्तरमा प्रश्न उठाइन् – “पहिलो पटक मैले खेलाडी आउट भएपछि थर्ड अम्पायरलाई रेफर गरेको देखे। यति सम्मानित प्रतियोगितामा अम्पायरिंगको स्तर सुधार हुनुपर्छ। करोडौंले खेल हेरीरहेका छन्।” उक्त स्टोरी पनि पछि उनले हटाएकी थिईन्।

लिगमा यस अघि पन्जाब र दिल्ली बीचको खेलमा पनि अम्पायरको आलोचना भएको थियो। अम्पायरले क्रिस जोर्डनले पुरा गरेको रनलाई सर्ट रन घोषित गर्दै १ रन काटेका थिए। खेल बराबरीमा टुंगिएपछि सुपर ओभरमा पन्जाब हार्न पुग्यो। उक्त १ रन नकाटिएको भए पन्जाब खेलमा विजयी हुन सक्यो। खेलपछि पूर्व क्रिकेटर विरेन्द्र सेहवाग र टिम मालिक प्रिती जिन्टाले अम्पायरिंगको बिरोध गरेका थिए। सेहवागले त अम्पायरलाई म्यान अफ द म्याच दिनु पर्थ्यो समेत भनेका थिए।

“अम्पायरलाई ‘म्यान अफ द म्याच दिनुपर्थ्यो” अम्पायरको ठूलो गल्तिलाई सेहवागको व्यंग्य

IPL : ठूलो लक्ष्यका बाबजुद धोनी किन ७ नम्बरमा ब्याटिंगमा आए ? आफैले बताए कारण

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]