विश्वकप बिशेष: यी हुन् विश्वकपमा सर्वाधिक विकेट लिने ५ खेलाडी



  • विकेटनेपाल, जेठ ४ – शनिबार

सन् १९७५ देखि सुरु भएको एकदिवसीय विश्वकपको बाह्रौं संस्करण सुरु हुन केहि सातामात्र बाँकी छ। मे ३० देखि जुलाई १४ सम्म इंग्ल्याण्डमा आयोजना हुने प्रतियोगितामा यो पटक १० टिम उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता यसपल्ट राउण्ड रोबिन ढाँचामा खेलिने छ जहाँ हरेक राष्ट्रले एकअर्का बिरुद्द प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि अंकतालिकाको  शीर्ष ४ टिम सेमिफाइनलको लागि छनोट हुनेछन्। अघिल्लो दुई संस्करणमा टिमहरुलाई दुई समूहमा विभाजन गरि खेलाईएको थियो।

विश्वकप नजिकिंदै गर्दा विकेटनेपाल ले सुरुवात गरेको ‘विश्वकप विशेष’ मा यो पटक विश्वकप क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने ५ खेलाडीको सुची प्रस्तुत गरेका छौँ। अघिल्लो पटक हामीले विश्वकप हेर्ने टिकट मूल्य बारे लेख प्रस्तुत गरेका थियौं।

एकदिवसीय विश्वकप इतिहासमा सबैभन्दा धेरै विकेट लिने ५ बलर 

५. जाहिर खान / जभागल श्रीनाथ (भारत) – ४४ विकेट

जाहिर खान र जभागल श्रीनाथ दुवैजना भारतीय खेलाडीले विश्वकपमा समान ४४ विकेट लिनेक्रममा क्रमश: २३ र ३४ खेल खेलेका छन्। जाहिर खान सन् २०११ को विश्वकपमा भारतले उपाधी जित्दा टिमको लागि मुख्य हतियार थिए। खानले सन् २००३ को विश्वकपमा श्रीनाथसँग संगै खेलेका थिए जुन बेला भारत उपविजेता बनेको थियो।

दायाँ हाते तिब्र गति बलर श्रीनाथको बलिंग औसत २७.८१ रहेको छ जसमा ४ पटक पारीमा ४ विकेट लिएका थिए। त्यस्तै देब्रे हाते जाहिर खानको बलिंग औसत २०.२२ रहेको छ जसमा पारीमा १ पटक ४ विकेट समेत लिएका थिए।

Image result for Javagal Srinath

४. चामिन्दा भास (श्रीलंका) – ४९ विकेट

चामिन्दा भासलाई श्रीलंका इतिहासकै उत्कृस्ट तिब्रगतिका बलर मानिने गरिन्छ। देब्रे हाते भासले सन् १९९६ देखि सन् २००७ गरि ४ वटा विश्वकप खेले। सन् १९९६ को विश्वकप विजेता श्रीलंका टिमको सदस्य समेत रहेका भासले विश्वकपमा कुल ३१ खेलमा ४९ विकेट लिएका छन्।

Image result for chaminda vaas

श्रीलंकाको लागि विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा दोश्रो नम्बरमा रहेका देब्रे हाते तिब्रगतिका बलर भासको बलिंग औसत २१.२२ रहेको छ जसमा उत्कृस्ट बलिंग ६/२५ र २ पटक पारीमा ४ विकेट समेत रहेको छ।

३. वासिम अक्रम (पाकिस्तान) – ५५ विकेट

सन् २००३ मा क्रिकेटबाट सन्यासको घोषणा गर्दा एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी रहेका वासिम अक्रम आफ्नो घातक स्विंग बलिंगको लागि चिनिने गर्दथे। विश्व क्रिकेटमा उनि वकार युनिससँग तिब्रगतिको बलिंगमा एक सफल जोडी बनेर उभिएका थिए। उनको नाममा विश्वकपको ३८ खेलबाट २३.८४ को औसतमा ५५ विकेट रहेको छ।

Image result for wasim akram

विश्वकै महान मध्येका देब्रेहाते तिब्र गतिका बलर अक्रम रिवर्स स्विंगको लागि उतिकै परिचित थिए। उनि सन् १९९२  को विश्वकप विजेता साथै सन् १९९९ को उपविजेता टिमको सदस्य थिए। उनले उत्कृस्ट ५/२८ सहित ३ पटक पारीमा ४ विकेट समेत लिएका छन्।

२. मुथ्थैया मुरलीधरन (श्रीलंका) – ६८ विकेट

मुरलीधरन टेस्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा ८०० विकेटको किर्तिमान रहेको छ। विश्वकपमा दोश्रो धेरै विकेट लिएका मुरलीधरनले ४० खेलबाट १९.६३ को औसतमा ६८ विकेट लिएका छन्।

सामान्य भन्दा फरक किसिमको बलिंग गर्ने तरिका भएका मुरलीधरन सन् १९९६ को विश्वविजेता श्रीलंकाको टिमका सदस्य थिए। त्यसपछि सन् २००७ र सन् २०११ मा श्रीलंका उपविजेता बन्दा समेत उनि टिमको हिस्सा थिए। उनको नाममा विश्वकपमा उत्कृस्ट ४/१९ सहित ४ पटक पारीमा ४ विकेट लिएको रेकर्ड छ।

१. ग्लेन म्याग्रा (अष्ट्रेलिया) – ७१ विकेट

दायाँ हाते तिब्र गति बलर म्याग्रा आफ्नो समयका सबैभन्दा खतरनाक बलर मानिन्छन। अष्ट्रेलिया सन् १९९९ देखि सन् २००७ सम्म अन्तर्राष्ट्रिय क्रिकेटमा एकछत्र राज गर्यो जसको कारण म्याग्रा पनि हुन्। अष्ट्रेलियाले त्यो समयमा ३ वटा वर्ल्डकप जित्यो र नतिजा हाम्रै अगाडी छ, म्याग्रा नै विश्वकपमा सबैभन्दा धेरै विकेट बलर हुन्।

म्याग्राले ३९ खेलबाट १८.२० को उत्कृस्ट औसतमा ७१ विकेट लिएका छन्। अष्ट्रेलियाले विश्व क्रिकेटमा राज गर्दा बलिंगमा म्याग्राको प्रदर्शन उत्कृस्ट रहने गर्दथ्यो। उनले सन् २००३ विश्वकपमा सचिन तेन्दुलकरलाई आउट गरेका थिए जसले गर्दा अष्ट्रेलियाले लगातार दोश्रो पटक उपाधी जित्न सफल रह्यो। उनले विश्वकपमा सबैभन्दा सफल १५ रन खर्चेर ७ विकेट लिएका छन् भने २ पटक पारीमा ४ विकेट समेत लिएका छन्।

आउदैछन् मालिंगा

विश्वकपमा धेरै विकेट लिने बलरहरुको सुचीमा छैठौं नम्बरमा लासिथ मालिंगा रहेका छन्। २००७ देखि २०१५ सम्म ३ वटा विश्वकप खेलीसकेका मलिंगाले २२ खेलको २१ इनिंग बलिंग गर्दै ४३ विकेट लिएका छन्। चौथो विश्वकप खेल्न लागेका मालिंगा विश्वकपमा धेरै विकेट लिने सुचीको टप-५ मा पर्न मात्र १ विकेट लिए पुग्छ।

पाँचौ नम्बरमा संयुक रुपमा रहेका जाहिर खान र जभागल श्रीनाथको ४४ विकेट रहेको छ भने चौथो नम्बरमा रहेका श्रीलंकन बलर चामिन्दा भासको ४९ विकेट रहेको छ। यस्तै तेश्रो स्थानमा रहेका वासिम आक्रमको ५५ विकेट रहेको छ। विश्वकपको लिग चरणमा ९ खेल यदी मलिंगाले कम्तिमा खेल्ने हो भने उनि धेरै विकेट लिने सुचीमा सहजै माथि आउन सक्छन्।

धेरैले पढेकोविश्वकपको पुरस्कार राशि घोषणा, पढ्नुस नेपाली रुपैयाँमा कति पाउनेछ विजेताले विश्वकप हेर्ने टिकट मूल्य कति ?

विश्वकपमा धेरै विकेट लिने १० बलर 

नाम विकेट
ग्लेन म्याग्रा ७१ विकेट
मुथैया मुरलीधरन ६८ विकेट
वासिम आक्रम ५५ विकेट
चामिन्दा भास ४९ विकेट
जाहिर खान र जभागल श्रीनाथ ४४ विकेट
लासिथ मालिंगा ४३ विकेट
एलेन डोनाल्ड ३८ विकेट
ज्याकब ओरम ३६ विकेट
ड्यानियल भिटोरी ३६ विकेट
ब्रेट लि ३५ विकेट





थप समाचार

T20WC : ४ बलमा ४ विकेट लिंदै क्याम्फरलेले रचे इतिहाँस, आयरल्याण्डको विजयी सुरुवात

दायाँ हाते फास्ट बलर कर्टिस क्याम्फरले ह्याट्रिक सहित लगातार ४ बलमा ४ विकेट लिंदै इतिहाँस बनाउदा युएई र ओमानमा संयुक्त […]

T20 WC : बंगलादेश स्तब्ध ! स्कटल्याण्डको ऐतिहासिक जित

युएई र ओमानमा संयुक्त रुपमा आयोजित सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत पहिलो दिन आइतबार दोश्रो खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले टेस्ट […]

टि-२० विश्वकप : पीएनजी बिरुद्ध ओमानको शानदार जित

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२१ ओमानमा सुरु भएको छ। ओमान र युएईले संयुक्त रुपमा आयोजना गरेको विश्वकप अन्तर्गत उद्घाटन खेलमा […]

चेन्नाईलाई चौंथो पटक आईपीएल उपाधि

फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग जितेको छ।चेन्नाईले चौंथो […]

IPL FINAL : डु प्लेसीको उत्कृस्ट पारि, चेन्नाईद्वारा कोलकातालाई चुनौतिपूर्ण लक्ष्य

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग ( ईपीएल ) टि-२० को उपाधिको लागि चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्स […]

IPL : फाइनल पुग्न असफल भएपछि दिल्ली कप्तान रिशभ पन्तले भने “म संग व्यक्त गर्ने शब्द छैन”

रोमान्चक खेलमा कोलकातासंग ३ विकेटले पराजित हुँदै १४ औं संस्करणको आईपीएल फाइनलमा पुग्न चुकेपछि दिल्ली क्यापिटल्सका कप्तान रिशभ पन्तले निराशा […]