युएईले घोषणा गर्यो आफ्नै ‘प्रिमियर लिग टि-२०’



ईण्डियन प्रिमियर लिग ( आईपीएल ) र आईसीसी टि-ट्वान्टी विश्वकप पछि युएईको ईमिरेट्स क्रिकेट बोर्ड ( ईसीबि ) ले आफ्नै टि-ट्वान्टी च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने भएको छ।

‘प्रिमियर लिग टि-२०’ नाम रहने प्रतियोगिता ईमिरेट्स क्रिकेट बोर्डले सोमबार घोषणा गरेको छ जसमा ६ वटा टोलि सहभागी रहनेछन्। लिग जनवरीमा २०२२ मा आयोजना हुनेछ। लिगको अधिकारिक लोगो समेत सार्वजनिक गरिएको छ।

लिगमा सहभागी हुने ६ वटा टिम मध्ये कम्तिमा दुईवटा टोलि आईपीएलकै फ़्रेन्चाइज टिम मालिकको समेत हुने बताईएको छ। शाहरुख खान मालिक रहेको नाइट राइडर्स फ़्रेन्चाइज् र दिल्ली क्यापिटल्सको सह-मालिक रहेको जीएमआर ग्रुपको पनि सहभागीता रहनेछ। क्रिक्बजका अनुसार ईसीबि चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदरावादसंग पनि छलफल गरिरहेको छ।


ईसीबिले लिगमा विश्व क्रिकेटका ठूला नामहरु आवद्ध हुने जसले देशको खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने विश्वास लिएको छ। जनवरी-फेब्रुअरीमा पाकिस्तान सुपर लिग समेत आयोजना हुने हुँदा दुई वटा लिगमा जान खेलाडीहरु बीच प्रतिस्पर्धा हुने देखिन्छ।

यस अघि २०१८ मा पनि युएईले ‘युएई टि-२० एक्स’ नामक प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो जसमा ओएन मोर्गन, एबि डी भिल्लीयर्स, आन्द्रे रसेल जस्ता खेलाडीहरु खेल्ने बताईएको थियो। तर प्रतियोगिता सुरु हुनु एक महिना अघि टिमहरु बिक्रि नभएको कारणले लिग स्थगित भएको थियो। त्यसपछि २०२० मा पुनः प्रतियोगिता घोषणा गर्ने योजना बनाइएको थियो जुन कोभिड-१९ का कारण सम्भव हुन सकेको थएन।

युएईमा सेप्टेम्बर १९ देखि आईपीएलको दोश्रो फेजको खेलहरु आयोजना हुँदैछ जसपछि अक्टोबर १५ तारिख देखि टि-ट्वान्टी विश्वकप सुरु हुँदैछ। विश्वकप सकिए लगत्तै युएईमा अबु धाबी टि-१० लिग हुने तालिका समेत रहेको छ जुन नोभेम्बर-डिसेम्बरमा खेलिनेछ।





थप समाचार

EPL : नेपाल आइपुगे गत सिजनका सबैभन्दा आक्रामक ब्याट्सम्यान लेभी

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) को चौंथो संस्करणमा सहभागी हुन दक्षिण अफ्रिकी […]

हातमा आएको जित खोसीएपछि राहुलले भने “यो हार पचाउन गाह्रो छ।”

पन्जाब किंग्सलाई अन्तिम २ ओभरमा जितको लागि मात्र ८ रन आवस्यक थियो र साथमा थियो ८ विकेट। यस्तो अवस्थामा राजस्थान […]

IPL : सनसनीपूर्ण खेलमा राजस्थानद्वारा पन्जाब २ रनले पराजित, त्यागिको अपत्यारिलो ओभर

कार्तिक त्यागिले अपत्यारिलो बलिंग गरेपछि पन्जाब किंग्सलाई राजस्थान रोयल्सले मात्र २ रनले पराजित गरेको छ।  युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा […]

IPL : अर्शदिपले ५ विकेट लिंदा उत्कृस्ट सुरुवातको बाबजुद राजस्थान १८५ मा सिमित

युएईमा जारी आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत लिगको ३२ औं खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्। दुबई […]

IPL : टस हारेर राजस्थान ब्याटिंग गर्दै, पन्जाबको अन्तिम-११ बाट गेल बाहिर

युएईमा जारी आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत लिगको ३२ औं खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्। दुबई […]

EPL-T20 2021 : कुन टिममा को-को खेलाडीहरु छन्

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) सेप्टेम्बर २५ तारिख देखि सुरु हुँदैछ। यो सिजन पनि लिगको उपाधिको […]