उमर गुलद्वारा सन्यास घोषणा



पाकिस्तानको लागि ४७ टेस्ट, १३० वानडे र ६० टि-२० मा प्रतिनिधित्व गरेका फास्ट बलर उमर गुलले सबै खालको क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३६ वर्षीय खेलाडीले शुक्रबार पाकिस्तानको घरेलु टि-२० प्रतियोगिता ‘राष्ट्रिय टि-२० कप’ मा आफ्नो टिम बलोचिस्तान बाहिरिए पछि सन्यास घोषणा गरेका हुन्।

गुलले ४७ टेस्टमा १६३ विकेट, वानडेमा १७९ विकेट तथा टि-२० मा ८५ विकेट गरि कुल ४२७ अन्तर्राष्ट्रिय विकेट आफ्नो नाम गरे। उनले सन् २००२ को यु-१९ विश्वकपमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए जसपछि २००३ मा जिम्बाब्वे बिरुद्ध शारजाहमा वानडे  र सोहि वर्ष बंगलादेश बिरुद्ध कराचीमा टेस्टमा डेब्यु गरेका थिए।

“२ दशक बिभिन्न स्तरमा देश, क्लब, सहर र प्रदेशको लागि खेल्न पाउनु मेरो अहोभाग्यको कुरा हो। क्रिकेटले मलाई मेहनत, सम्मान, प्रतिबद्धता र लगाव सिकायो। यो दौरान मलाई सहयोग गर्ने टिममेट देखि अनवरत साथ दिने फ्यानहरु तथा अन्य सबै व्यक्तिहरुलाई धन्यवाद दिन चाहन्छु। क्रिकेटबाट टाढा हुन मलाई निकै मुस्किल हुनेछ। म अब मलाई देश र खेलले दिएको कुरा अरुलाई फर्काउन चाहन्छु जसले मलाई संसारको भाग्यमानी मानिस मध्येको बनाएका छन्।”

दायाँ हाते पेसर टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सइद अज्मलसंगै संयुक्त रुपमा पाँचौ सर्वाधिक विकेट लिने खेलाडी हुन्। लासिथ मलिंगा ( १०७ ) , शहिद अफ्रिदी ( ९८ ) , शकिब अल हसन ( ९२ ) र राशिद खान ( ८९ ) ले मात्रै उनि भन्दा बढी विकेट लिन सकेका छन्।

पाकिस्तानले २००९ विश्वकप जित्दा उत्कृस्ट प्रदर्शन 

उनि टि-२० क्रिकेटमा सटिक स्विंगिंग योर्करको लागि जनिने गर्थे। एक समय विश्वकै उत्कृस्ट टि-२० बलर मध्येका उनि सक्रिय हुँदा टि-२० वरियतामा सधै माथिल्लो स्थानमै रहन्थे।

२००९ मा पाकिस्तानले टि-२० विश्वकप जित्दा र २००७ टि-२० विश्वकपमा उपविजेता बन्दा गुल दुवै प्रतियोगितामा समान १३ विकेट लिंदै सर्वाधिक विकेटकर्ता थिए। यस क्रममा उनले न्युजिल्यान्ड बिरुद्ध ३ ओभर बलिंग गर्दै मात्र ६ रन खर्चेर ५ विकेट लिंदै न्युजिल्यान्डको ब्याटिंग तहसनहस पारेका थिए। उक्त स्पेल त्यो बेलाको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटकै उत्कृस्ट स्पेल थियो।

२०१५ को वानडे विश्वकपमा वेवास्ता गरीएपछि गुलले २०१६ मा पुनरागमन गर्दै अन्तिम पटक पाकिस्तानको लागि खेलेका थिए। राष्ट्रिय टिममा मौका नपाएता पनि उनले घरेलु क्रिकेट निरन्तर राम्रो प्रदर्शन गर्दै आएका थिए।

२००४ मा भारत बिरुद्ध लाहोर टेस्टमा ५ विकेट लिंदै पाकिस्तानको सिरिज जितमा महत्वपूर्ण योगदान दिएपछि उनले राष्ट्रिय टिममा स्थान पक्का बनाएका थिए।

२०१२ सम्म राष्ट्रिय टिमको नियमित सदस्य रहे पछि उनि २०१२ मा घुंडाको चोटपछि भने अनियमित रहेका थिए। २०१० मा मोहम्मद आमिर र मोहम्मद आसिफलाई स्पट फिक्सिंगको प्रतिबन्ध लागेपछि गुल टेस्ट क्रिकेटमा टिमको महत्वपूर्ण बलरको रुपमा रहेका थिए। तर २०१३ र १४ मा चोटले उनलाई निकै सताउन थालेपछि करियरमा धक्का लाग्न पुग्यो।

अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनीको सन्यास घोषणा

डिककले आक्रामक ब्याटिंग गर्दा कोलकाता सहजै पराजित, मुम्बई पुनः शिर्षमा

मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]