विराट कोहली एसिया कप नखेल्ने



  • विकेटनेपाल – १७ भदौ, आइतवार

भारतीय टोलीका नियमित कप्तान विराट कोहली एसिया कप नखेल्ने भएका छन्। भारतले शनिवार सार्वजनिक गरेको एसिया कप खेल्ने टोलीमा कोहलीलाई समावेश गरिएको छैन।

इंग्ल्याण्ड बिरुद्धको ५ टेस्टको शृंखला अन्तर्गत यति बेला इंग्ल्याण्डमा रहेका कोहलीलाई आराम दिनका लागि टोलीमा समावेश नगरिएको छनौटकर्ता एमएसके प्रसादले बताए। उनले भने, “उनी पछिल्लो केहि समय यता लगातार क्रिकेट खेलिरहेका छन् र उनीमाथी रहेको बोझलाई मध्य नजर गर्दै हामीले उनलाई आराम दिएका छौं। ”

कोहलीलाई आराम दिइएपछि भारतको कप्तानी भने रोहित शर्माले गर्नेछन्। रोहितको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा शिखर धवन, लोकेश राहुल, अम्बाती रायडु, मनिष पाण्डे, केदार जाधव, महेन्द्र सिंह धोनी, दिनेश कार्तिक, हार्दिक पान्ड्या, कुलदिप यादव, युज्भेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, शार्दुल ठाकुर र खलिल अहमद रहेका छन्।

भारतले एसिया कपमा आफ्नो पहिलो खेल सेप्टेम्बर १८ मा छनौट प्रतियोगिताको बिजेतासंग खेल्ने छ। यस्तै सेप्टेम्बर १९ मा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ। एसिया कप प्रतियोगिता युएईमा यहि सेप्टेम्बर १५ तारिकबाट सुरु हुँदैछ। प्रतियोगितामा भारत, पाकिस्तान सहित श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनौट प्रतियोगिताको उपाधि जित्ने एक राष्ट्रले सहभागिता जनाउनेछन्।

मलेसियामा जारि छनौट प्रतियोगितामा युएई, ओमान,मलेसिया, नेपाल, सिंगापुर र हंगकंग सहभागी छन् जसमध्ये बिजेता टिम एसिया कप खेल्न छनौट हुनेछ।





थप समाचार

विश्वकप एसिया छनोट : नेपाललाई ‘गर या मर’को अवस्था

युएईमा जारि आईसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतीयोगीता अन्तर्गत आज आफ्नो-आफ्नो अन्तिम खेलमा नेपाल र आयोजक युएई प्रतिस्पर्धा […]

एपीएफलाई ३ विकेटले हराउदै आर्मीलाई उपाधि

शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ३ विकेटले पराजित गर्दै नेपाल आर्मी क्लबले बारा जिल्लामा आयोजित हरपुर क्रिकेट च्याम्पियन […]

ICC WCL 2 : रोमान्चक खेलमा ओमानद्वारा नामिबिया ९ रनले पराजित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सुरु भएको आयोजक नामिबिया, ओमान र युएई बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ओमानले […]

बागमतीलाई हराउँदै लुम्बिनीको तेस्रो जित

काठमाडौँमा जारि एकदिवसीय अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा भएको खेलमा बागमतीलाई ३ विकेटले हराउँदै लुम्बिनीले तेस्रो जित दर्ता गरेको छ […]

U19 National : कर्णाली बिरुद्ध गण्डकीको संघर्षपूर्ण जित

कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा तेश्रो खेल खेल्दा पहिलो जित दर्ता गरेको छ। गण्डकी […]

६४ वर्ष पछि फास्ट बलर बने अस्ट्रेलियाको कप्तान

टिम पेनले कप्तानी पद छाडेको एक हफ्ता पछि अस्ट्रेलियाले प्याट कमिन्सलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ। आफ्नो महिला सहकर्मीलाई […]