कोलकाता बिरुद्ध शनिवार निराशाजनक ब्याटिंग प्रदर्शन पछि सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नरले बीचको ओभरमा आफ्नो टिम कम महत्वकांक्षी भएकोमा आलोचना गरेका छन्।
विकेट साथमा भएता पनि ब्याट्सम्यानहरुले आक्रमण गर्न नसक्दा टिम १४२ मै सिमित भयो जुन योगफललाई कोलकाताले २ ओभर बाँकी छदै पुरा गर्यो। वार्नरले टिमले इनिंग दौरान खेलेको डट बलको संख्या पनि टि-२० क्रिकेटमा स्वीकार्य नभएको बताए।
“हामी थोरै बढी आक्रामक हुनु पर्थ्यो। म आउट भएपछि हामीले ४-५ ओभरमा २० रन बनायौं।”
“हामीले दबाब सिर्जना गर्नुपर्छ र बीचको ओभरमा बढी बाउन्ड्री प्रहार गर्नुपर्छ। म हामीले खेलेको डटबल देखेर निराश छु। ३५-३६ वटा डट बल थियो जस्तो लाग्छ, मलाई लाग्दैन कि यो टि-२० क्रिकेटमा स्वीकार्य छ।”
वार्नरले रिद्दिमान शाह र मनिष पाण्डे क्रिजमा रहंदाको समयलाई लक्षित गरे। वार्नर ३६ रन बनाएर आउट भए पछि शाह र पाण्डे जोडीले ९.१ ओभर देखि १७.४ ओभरसम्म ब्याटिंग गरेका थिए। दुइजनाले ब्याटिंग गर्दै समय लिएका थिए र रनले गति लिन सकेको थिएन। दुवैले तेश्रो विकेटको लागि ६२ रनको साझेदारी गरेका थिए जसको लागि ५१ बल लगाएका थिए।
“२ जना ब्याट्सम्यान २० ओभर ब्याटिंग गर्दा हामिसंग २ जना बेन्चमा थिए, थोरै बढी आक्रामक हुनुपर्थ्यो” वार्नरले बताए।

हैदरावादसंग मोहम्मद नाबी, अभिषेक शर्मा, राशिद खान जस्ता आक्रामक ब्याट्सम्यानहरु डगाउटमा थिए। शाहको इनिंग अझ प्रश्न गर्न लायक थियो उनले ३१ बलमा ३० रन बनाएका थिए। उनको इनिंगले गर्दा नाबी र शर्माले मात्र ११ बल खेल्न पाए भने राशिदले ब्याटिंग गर्न पाएनन्। मनिष पाण्डेले ३८ बलमा ५१ रन बनाएका थिए।
तै पनि, वार्नरले ब्याटिंग अर्डरमा समस्या नभएको र १० औं ओभरमा नाबीलाई पठाउनु पनि सही समय नभएको बताए – “भन्न सजिलो छ कि हामिले ठूलो सट खेल्ने ब्याट्सम्यानलाई पठाउनु पर्थ्यो। तर म आउट भएपछि साझेदारी बनाउनको लागि राम्रो ब्याट्सम्यान पठाउनु पर्थ्यो। म आउट भएपछि मोमेन्टम आवस्यक थियो। यो दुर्भाग्य हो कि उनीहरुले उत्कृस्ट बलिंग गरे र पछाडी लेन्थमा बालिग गरे जसमा हामीले बाउन्ड्री प्रहार गर्न सकेनौं।”
२ वटा खेलमा लगातार हार पछि वार्नरले अलग सोचका साथ आगामी खेल खेल्ने बताए –
“मलाई लाग्छ आगामी खेलमा हामीले हाम्रो सोच परिवर्तन गर्नुपर्छ। भारतमा भन्दा यहाँको बाउन्ड्री ठुलो छ। हामीले कहाँ बाउन्ड्री पाउन सकिन्छ भन्ने कुरामा काम गर्नुपर्छ।”
‘युवा खेलाडीहरुले राम्रो गर्दा खुसि लाग्छ’ ( कोलकाता कप्तान दिनेश कार्तिक ) “खुसि लागेको छ। हामीले कडा मेहनत गरेका थियौं। मलाई लाग्छ हामिसंग अलराउण्डर हुनुको फाइदा छ कि म जति बेला पनि उनीहरुको प्रयोग गर्न सक्छु। हामीले युवा खेलाडीहरुलाई जसरि अघि बढ्ने मौका दियौं त्यो तारिफयोग्य छ। २ वर्ष पछि बल्ल मौका पाएका नगरकोटीको यात्रा भावुक छ। टिम व्यवस्थापनले उनमा विश्वास देखाइरह्यो। युवा खेलाडीहरुले राम्रो गर्दा खुसि लाग्छ। म शुबमनले अझै क्रिकेट यात्राको आनन्द लियोस् भन्ने चाहन्छु। एउटा डटले तपाईलाई नराम्रो खेलाडी बनाउदैन। मैले मेरो खेलमा सुधार गर्नुपर्छ र रन बनाउनु पर्छ।”

प्लेयर अफ द म्याच – शुबमन गिल : “बल धेरै घुमी रहेको थिएन त्यसैले मलाई अगाडी खेल्न सहज भयो। मैले पछिल्लो १-२ वर्ष आक्रामक सट खेल्न अभयस गरिरहेको थिए। हाम्रो लागि जित अत्यावश्यक थियो। हामीले राम्रो बलिंग गर्यौं जसपछि ब्याटिंगले त्यसलाई निरन्तरता दिनु जरुरि थियो। मोर्गनसंग क्रिजमा लामो कुरा भएन। हामि मात्र बलरहरुले के गर्न खोज्दैछन् बुझ्न खोज्दै थियौं। एउटा ओपनरको रुपमा मेरो काम टिमलाई अघि बढाउनु हो।”
लिग अन्तर्गत हैदरावादले आगामी खेल सेप्टेम्बर २९ तारिख मंगलबार दिल्ली क्यापिटल्ससंग खेल्नेछ। टिम दोश्रो हार पछि अंकविहिन १ मात्र टिमको रुपमा पुछारमा रहेको छ।
जितपछि अंकतालिकामा कोलकाता २ खेलमा १ जित र १ हार पछि पाँचौ स्थानमा उक्लेको छ। हैदरावाद भने लगातार दोश्रो हार पछि अंकविहिन १ मात्र टिमको रुपमा पुछारमा रहेको छ। २ खेलमा जित सहित दिल्ली क्यापिटल्स शिर्षस्थानमा रहेको छ।
लिग अन्तर्गत हैदरावादले आगामी खेल सेप्टेम्बर २९ तारिख मंगलबार दिल्ली क्यापिटल्ससंग खेल्नेछ। कोलकाताले सेप्टेम्बर ३० तारिख बुधबार राजस्थान रोयल्ससंग खेल्नेछ।
४ खेलाडी जसले कोलकाताको पहिलो जितमा अहम योगदान दिए
चेन्नाईको संघर्षको पछाडी रैनाको अभाव, प्रशिक्षक फ्लेमिंगले स्वीकारे
गम्भीरले औल्याए पन्जाब बिरुद्ध बैंगलोर कप्तान कोहलीले गरेको गल्ति