आईपीएल २०२० को इलिमीनेटर अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद बीचको खेलमा डेभिड वार्नरलाई डिसिजन रिभ्यु सिस्टम ( डीआरएस ) द्वारा आउट दिईएका आउटको निर्णय विवादित बन्न पुग्यो। खेलको कमेन्टेटर सहित अन्य धेरैले उक्त निर्णय धेरैले गलत बताएका छन्।
हैदरावादले लक्ष्य पछ्याउने क्रममा दोश्रो इनिंगको छैठौं ओभरमा उक्त घटना भएको थियो। मोहम्मद सिराजले गरेको ‘गुड लेन्थ बल’ ठोकिएपछि भित्र पस्यो। वार्नरले बललाई रोक्न खोजे जुन क्रममा बल वार्नरको ब्याट र शरीरको बीचबाट छोएर निस्कियो। बल निस्कदा बल/शरीरबाट आवाज आयो जसले गर्दा बैंगलोर टिमले ठूलो उत्साहका साथ अपिल गर्यो। तर फिल्ड अम्पायरले त्यसलाई आउट दिन मानेनन् जसपछि बैंगलोर कप्तान बिराट कोहलीले रिभ्यु लिए।
डीआरएसले बल जाँदै गर्दा आवाज आएको स्पस्ट देखायो तर आवाज ग्लभ्स या शरीर कहाँबाट आएको स्पस्ट थिएन। थाई प्याडको माथि तथा ब्याटिंग ग्लभ्सको भित्र वार्नरको लुगालाई छुदै गएको जस्तो पनि देखियो। अर्को एङ्गलबाट हेर्दा ग्लभ्सलाई छोएको जस्तो पनि देखियो। धेरै पटक उक्त रिप्ले हेरीसकेपछि थर्ड अम्पायर विरेन्दर शर्माले वार्नरको ग्ल्भ्समा छोएको निर्णय दिनको लागि पर्याप्त प्रमाण पाइएको भन्दै आउट दिए। “बलले ग्लभ्सलाई छोइरहेको म देख्दै छु” भन्दै उनले आउट दिए। अस्पस्ट हुँदा धेरैले दुविधाको फाइदा ब्याट्सम्यानलाई दिनु पर्ने सोचेका थिए तर त्यसको विपरीत भयो।
आउट भए पछि डेभिड वार्नर मैदान बाहिरिने क्रममा असन्तुस्ट देखिएका थिए। उक्त निर्णय पछि क्रिकेट पण्डितहरुले आश्चर्यजनक प्रतिक्रिया दिएका छन् जसमा कमेन्टटरहरु समेत रहेका छन्। खेलका कमेन्टेटर एमबांगवाले बताए – “मलाई लाग्छ यो गलत भयो। सबै कुरा अत्यन्त नजिक थियो, प्याड, ग्लभ्स, पेट र सर्ट …. उनीहरु ( बैंगलोर ) लालायित थिए, उनीहरुलाई यो आवस्यक पनि थियो।”
यस्तै अर्का कमेनटेटर सुनिल गावस्करले भने घटनालाई सामान्यरुपमा लिए – “ठिकै छ, मलाई लाग्छ अम्पायरको निर्णय जता पुगेपछि त्यो अन्तिम हो। तर, विरेन्द्र शर्मा ( थर्ड अम्पायर ) डेभिड वार्नरको वरिपरि भने जानु हुँदैन।” गावस्करले व्यंग्यात्मक शैलीमा बताए।
आईपीएल २०२० मा अम्पायरको निर्णयले विवाद सिर्जना गरेको यो पहिलो पटक भने हैन।
Incredible decision from the 3rd umpire. David Warner every reason to blow up. Original decision not out and never conclusive evidence to overturn
— Scott Styris (@scottbstyris) November 6, 2020
That’s a very very fraught decision to give Warner. If there was that much doubt it had to go to the batsman. And that spike could have also been from the ball hitting the batsman’s clothes. Shocker!
— Joy Bhattacharjya (@joybhattacharj) November 6, 2020
That’s a very very fraught decision to give Warner. If there was that much doubt it had to go to the batsman. And that spike could have also been from the ball hitting the batsman’s clothes. Shocker!
— Joy Bhattacharjya (@joybhattacharj) November 6, 2020
सम्बन्धित :-
IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे