अस्ट्रेलियाको कमजोर ब्याटिंग, बिशाल अग्रतातर्फ पाकिस्तान



  • विकेटनेपाल, असोज ३१ 

युएईमा जारि पाकिस्तान र अस्ट्रेलिया बीचको दोश्रो टेस्टको दोश्रो दिनको खेल समाप्तिमा पाकिस्तान बिशाल अग्रतातर्फ लम्केको छ।

२ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक बराबरीमा सकिएको थियो।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा २८१ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेपछि ब्याटिंग गरेको अस्ट्रेलियाले कमजोर ब्याटिंग गर्दै १४५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

पहिलो इनिंगमा १३७ रनको अग्रता पाएको पाकिस्तानले दोश्रो इनिंग ब्याटिंग सुरु गर्दै दोश्रो दिनको खेल समाप्तिमा १४४ रन बनाउदा २ विकेट गुमाएको छ र २८१ रनको अग्रता लिईसकेको छ। दिनको समाप्तिमा अजहर अलि ५४ तथा हरिस सोहेल १७ रन बनाएर अविजित छन्। यस अघि ओपनर फखर जमान ६६ रन बनाएर आउट भएका थिए।

अस्ट्रेलियालाई १४५ रनमा सिमित गर्न पाकिस्तानको लागि मोहम्मद अब्बासले सर्वाधिक ५ विकेट ( १२.४-४-३३-५ ) लिएका थिए। यस्तै बिलाल असिफले ३ तथा यासिर शाहले १ विकेट लिए। अस्ट्रेलिया ओपनर आरोन फिंचले सर्वाधिक ३९ तथा मिचेल स्टार्कले ३४ रन बनाए।

पाकिस्तानको पहिलो इनिंगमा फखर जमान र कप्तान सर्फराज एहमदले समान ९४ रन बनाएका थिए। अस्ट्रेलियाको लागि नाथन लायनले सर्वाधिक ४ विकेट तथा मर्नुस लबुसचागनेले ३ विकेट लिएका थिए।

( फोटोहरु – आईसीसी )





थप समाचार

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]