देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई



देभदत्त पडीक्कल, २० वर्षीय रोयल च्यालेन्जर्स बैंगलोरका ओपनिंग ब्याट्सम्यानले आईपीएल डेब्युमा शानदार प्रदर्शन गरेपछि चर्चामा रहेका छन्। आरोन फिन्चका ओपनिंग पार्टनरको रुपमा टिमले नयाँ अनुहार पाएको छ।

पडीक्कल धेरैलाई नयाँ नाम लाग्न सक्छ तर भारतको घरेलु क्रिकेटमा पछिल्लो डेढ वर्षमा पडीक्कलले माथिल्लो क्रममा आफ्नो निडर सट प्रहारले सबैको मन जितीसकेका छन्।

देभदत्त पडीक्कल : सुरुवात 

६ फिट ३ इन्च कद भएका ब्याट्सम्यानको जन्म बैंगलोरमा भएको थियो जहाँ उनि कलिलै उमेरमा क्रिकेटसंग परिचित भए। उमेर समुह क्रिकेटमा उनले गजबको ब्याटिंग गरे। राहुल द्रविड पढेको स्कुल बैंगलोरको सेन्ट जोसेफ बोइजमा उनले स्कुल सुरु गरेका थिए। स्कुल क्रिकेटको प्रदर्शनको बलमा उनले कर्नाटकाको १४ र १६ वर्ष मुनिको टिम हुँदै १५ वर्षकै उमेरमा यु-१९ टिमसम्म स्थान बनाए।

चर्चाको सुरुवात 

देभदत्त पडीक्कल पहिलो पटक चर्चामा घरेलु टि-२० प्रतियोगिता कर्नाटका प्रिमियर लिग २०१७ मा आए। ओपनिंग ब्याटिंग गर्दै उनले प्रतियोगिताको दौरान ५३ बलमा ७२ रन बनाए त्यसपछि २०१८ कुच बेहार यु-१९ प्रतियोगितामा प्रतियोगिताकै चौथो सर्वाधिक कुल ८२९ रन बनाए। त्यसपछि उनले सोहि वर्ष राहुल द्रविडको प्रशिक्षणमा यु-१९ भारतीय टिममा डेब्यु गर्ने मौका पाए जहाँ उनले अर्का प्रतिभावान क्रिकेटर यसश्वी जैसवालसंग ओपनिंग गरे।

प्रथम श्रेणी डेब्यु 

यु-१९ डेब्यु पछि उनले २०१८/१९ रन्जी ट्रफीमा कर्नाटकाको लागि डेब्यु गरे। डेब्युमा महाराष्ट्र बिरुद्ध उनले दोश्रो इनिंगमा ७७ रन बनाए। १५ प्रथम श्रेणी खेल्ने क्रममा उनले १० अर्धशतक बनाएका छन्। यस्तै लिस्ट ए क्रिकेटमा १३ टि-२० मा उनको स्ट्राइक रेट १७०.९६ रहेको छ।

टि-२० क्रिकेट र आरसीबिमा उडान

२०१९ मा उनको करियरले नयाँ उडान लियो जुन क्रममा उनले भारतको ठूलो सेतो बल क्रिकेट प्रतियोगितामा ब्याटिंग देखाउने मौका पाए। घरेलु क्रिकेटमा लगातार रन बनाएपछि उनलाई २०१९ आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले अक्सनमार्फत २० लाख भारतीय रुपैयाँमा आबद्ध गर्यो। तर उक्त सिजन उनले डेब्यु गर्ने मौका भने पाएनन्। त्यसपछि उनि पुनः घरेलु क्रिकेटमा पुगे।

२०१९ को विजय ट्रफी जहाँ उनले लिस्ट ‘ए’ डेब्यु गरेका थिए त्यहाँ उनले केएल राहुल र मनिष पाण्डे जस्ता ब्याट्सम्यानलाई समेत पछि पार्दै प्रतियोगिताकै सबैभन्दा धेरै ६०९ रन बनाए। त्यसक्रममा उनले ६७.६६ को औशतले २ शतक र ५ अर्धशतक प्रहार गरे।

सोहि वर्ष उनि भारतीय घरेलु टि-२० प्रतियोगिता सयद मुस्ताक अलि ट्रफी २०१९ मा पुनः सर्वाधिक रनकर्ता भए। उनले ६४.४४ को औशतमा ५८० रन बनाए जुन क्रममा उनको स्ट्राइक रेट १७५.७५ थियो भने १ शतक र ५ अर्धशतक बनाएका थिए।

देभदत्त पडीक्कल, आरसीबिमा डेब्यु 

लगातार घरेलु क्रिकेटमा उत्कृस्ट प्रदर्शन पछि बैंगलोरले उनलाई बेवास्ता गरिरहन सकेन। आईपीएल अघि टिमका मुख्य प्रशिक्षक सिमोन काटीचले उनको तारिफ गर्दै डेब्यु गर्न लायक खेलाडी बताए।

बैंगलोरको लागि पहिलो खेलमै पडीक्कलले अनुभवी ब्याट्सम्यान जसरि ४२ बलमा ५६ रन बनाए जुन क्रममा विकेटको दुवैतिर शानदार सटहरु प्रहार गरे। आफ्नो उचाईको प्रयोग गर्दै ८ चौका प्रहार गर्दै आफ्नो स्तर प्रदर्शन गरे।

तारिफ 

अस्ट्रेलियाका टि-२० कप्तान तथा बैंगलोर ओपनर आरोन फिन्चले आफ्नो नयाँ ओपनिंग पार्टनरबारे र सिजनको पहिलो जितपछि पत्रकार सम्मेलनमा प्रभावित भएको बताए।

“उनि गजबको युवा खेलाडी छन्।” फिन्चले बताए “उनि निक प्रतिभावान र आक्रामक ब्याट्सम्यान हुन् जुनकुरा मलाई लाग्छ उनले १-२ वर्ष यता घरेलु क्रिकेट र यु-१९ मा आफुलाई प्रमाणित गरिसकेका छन्। मलाई उनिसंग ओपनिंग गर्दा मजा आयो, उनि रोमान्चक युवा क्रिकेटर हुन्।”

“म उनलाई आफ्नो प्राकृतिक खेल खेल्न सुझाव दिन्छु। कुनै बलर बिरुद्ध त्यस्तो महसुस हुन्छ भने आफुलाई नरोक। त्यसले गर्दा मेरो रोल पनि थोरै परिवर्तन हुन्छ र म स्ट्राइक परिवर्तन गर्दै रिदम कायम गर्न सक्छु।”  ( विस्डेन इन्डीयाबाट अनुवादित )

आईपीएल डेब्युमै पडीक्कलको अर्धशतक

“याद छैन अन्तिम पटक कहिले त्यसरी आउट भएको थिए” वार्नर

IPL : अलराउण्डरको रुपमा ठूलो कीर्तिमान नजिक जडेजा

बोर्ड बैठकका लागि क्यान पदाधिकारीहरु चितवनमा

कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड