विलियमसन र लाथमले उत्कृस्ट ब्याटिंग गर्दा न्युजिल्यान्ड बलियो



कप्तान केन विलियमसन र टम लाथमले उत्कृस्ट ब्याटिंग गर्दा वेस्टइन्डिजको न्युजिल्यान्ड भ्रमण अन्तर्गत दुइ वटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा घरेलु टिमले उत्कृस्ट सुरुवात गरेको छ।

सेडन पार्क मैदान, ह्यामिल्टनमा सुरु भएको खेलको पहिलो दिन समाप्तिमा टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले ७८ ओभरमा २ विकेट गुमाएर २४३ रन बनाएको छ।

ओपनर विल योंगलाई चौथो ओभरमा शानोन ग्याब्रीयलले एलबिडब्लु आउट गरेपछि दोश्रो विकेटको लागि ओपनर टम लाथमले केन विलियमसनसंग १६४ रनको साझेदारी गरे। ८६ रन बनाएका लाथमलाई केमार रोचले ५६ औं ओभरमा बोल्ड गरे। रोचले १८४ बलमा १२ चौका र १ छक्का प्रहार गरे।


लाथमको विकेटपछि विलियमसनले रोस टेलरसंग अर्धशतकीय साझेदारी गरे। दिनको समाप्तिमा दुवैले ७५ रन जोडीसकेका छन्।

विलियमसन २२ औं टेस्ट बाट मात्र ३ रनले टाढा ९७ रनमा अविजित रहेका छन्। उनले २१९ बलमा १६ चौका हिर्काएका छन्। टेलरले ६१ बलमा ५ चौका मद्दतले ६१ बलमा ३१ रन बनाएका छन्।

वेस्टइन्डिजको बलिंगमा केमार रोच ( १५-३-५३-१ ) , शानोन ग्याब्रीयल ( १७-५-६२-१ ) ले समान १ विकेट लिएका छन्। जेसन होल्डर ( १९-८-२५-० ) , अल्जारी जोसेफ ( १७-६-४३-० ) र रोस्टन चेज ( ९-०-४२-० ) विकेटविहिन रहेका छन्।

दुवै टिम बीच यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिज घरेलु टिमले २-० ले जितेको थियो।





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]