विलियमसनको शतकले न्युजिल्यान्ड मजबुत



कप्तान केन विलियमसनको शतक मद्दतले भ्रमण टोलि पाकिस्तान बिरुद्ध दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंगमा न्युजिल्यान्डले ४३१ रन बनाएको छ।

पहिलो दिनको समाप्तिमा २२२/३ को अवस्थाबाट दोश्रो दिन ब्याटिंग सुरु गरेको घरेलु टोलिले दोश्रो दिन बाँकी ७ विकेट गुमाउदा २३१ रन थप योगफलमा जोड्यो।

पहिलो दिन ९४ रनमा अविजित रहेका कप्तान विलियमसनले दोश्रो दिन २३ औं टेस्ट शतक पुरा गरे। उनलाई लेग स्पिनर यासिर शाहले हरिस सोहेलबाट क्याच आउट गराए। २९७ बलमा दायाँ हाते ब्याट्सम्यानले १२ चौका र १ छक्का प्रहर गर्दै १२९ रन बनाए। विलियमसनले शतक संख्यामा विरेन्द्र सेहवाग, केभिन पिटरसन, जस्टिन ल्यांगर, जाभेद मियादादको बराबरी गरेका छन्। न्युजिल्यान्डको लागि केन सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडी हुन्।

चौथो विकेटको लागि विलियमसनले हेनरी निकोलससंग १३३ रनको साझेदारी गरेका थिए। ५६ रन बनाएका निकोलसलाई निसिम शाहले क्याच आउट गराए।

शाहिन अफ्रिदीले ४ विकेट लिए

विलियमसन र निकोलसको विकेट पछि छैठौं नम्बरमा ब्याटिंग गरेका विकेटकिपर ब्याट्सम्यान बिजे वाटलिंगले एक किनार सम्हाल्दै तल्लो क्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गरे। वाटलिंगले त्यस क्रममा कायल जेमीसनसंग सातौँ विकेटको लागि ६६ रनको साझेदारी गरे।

वाटलिंगले ७३ रन बनाए जुन क्रममा १४५ बलमा ८ चौका प्रहार गरे। जेमीसनले ३२, मिचेल स्यान्टनर र निल वागनरले समान १९ रन बनाए। यस अघि पहिलो दिन रस टेलर ७० रन बनाएर आउट भएका थिए।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले सर्वाधिक ४ ( ३६-७-१०९-४ ) तथा यासिर शाहले ३ विकेट ( ३७-४-९६-३ ) लिए। मोहम्मद अब्बास, फहिम असरफ र नसिम शाहले समान १ विकेट लिए।

पाकिस्तानले दिनको अन्तिम सेसनमा पहिलो इनिंग सुरु गरिसकेको छ।





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]