T20WC : ४ बलमा ४ विकेट लिंदै क्याम्फरलेले रचे इतिहाँस, आयरल्याण्डको विजयी सुरुवात



दायाँ हाते फास्ट बलर कर्टिस क्याम्फरले ह्याट्रिक सहित लगातार ४ बलमा ४ विकेट लिंदै इतिहाँस बनाउदा युएई र ओमानमा संयुक्त रुपमा जारी टि-ट्वान्टी विश्वकपमा आयरल्याण्डले नेदरल्याण्ड बिरुद्ध ७ विकेटको विजयी सुरुवात गरेको छ।

युएईको अबु धाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न प्रतियोगिताको तेश्रो तथा समुह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेदरल्याण्डले दिएको १०७ रनको लक्ष्य आयरल्याण्डले ३ विकेट गुमाएर १५.१ ओभरमै भेटायो।

लक्ष्य पछ्याउने क्रममा ३६ रनमा २ विकेट गुमाएको अवस्थामा आयरल्याण्ड ओपनर पल स्टरलिंग र गेराथ डेलानिले ५९ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। डेलानिलेले २९ बलमा ५ चौका र २ छक्का मद्दतले ४४ रन बनाए भने स्टरलिंगले अविजित ३० रन बनाए। नेदरल्याण्ड बलर फ्रेड क्लासेन, ब्रान्डन ग्लोभर र पिटर सिलरले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो। उसको लागि ओपनर म्याक्स ओ डोडले सर्वाधिक ५१, कप्तान पिटर सिलारले २१ तथा कोलिन एंकरम्यान र भान बिकले समान ११ रन बनाए। आयरल्याण्डको बलिंगमा कर्टिस क्याम्फरले सर्वाधिक ४ विकेट ( ४-०-२६-१ ) लिए भने मार्क अडेरले ३ ( ४-०-९-३ ) तथा जोशुवा लिटलले १ विकेट लिए।

नेदरल्याण्डले ५१ रनमा २ विकेट गुएको अवस्थामा कर्टिस क्याम्फरले नवौं ओभरको दोश्रो, तेश्रो, चौंथो र पाँचौ बलमा लगातार विकेट लिंदै नेदरल्याण्डको मध्यक्रम तहसनहस पारे। त्यस क्रममा उनले कोलिन एंकरम्यानलाई क्याच आउट गरे भने त्यसपछि रायन टेन डोसे र स्कट एडवार्डलाई एलबिडब्लु पार्दै ह्याट्रिक पुरा गरे। त्यसपछि लगातार बलमा चौंथो विकेट पनि लिने क्रममा उनले भान डर मर्वेलाई बोल्ड गरे।


टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ४ बलमा लगातार ४ विकेट लिने कर्टिस क्याम्फर इतिहाँसकै मात्र तेश्रो बलर हुन् भने टि-ट्वान्टी विश्वकपमा यस्तो कीर्तिमान बनाउने इतिहाँसकै पहिलो क्रिकेटर बनेका छन्। यस अघि श्रीलंकन फास्ट बलर लासिथ मालिंगाले २०१९ मा न्युजिल्यान्ड बिरुद्ध तथा राशिद खानले सोहि वर्ष आयरल्याण्ड बिरुद्ध लगातार ४ बलमा विकेट लिएका थिए।





थप समाचार

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु फर्कने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै […]

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]