युथ एसिया कपको अन्तिम चरण अभ्यास शनिबार देखि, भारतसंग पहिलो खेल

Pawan Sarraf


  • विकेटनेपाल,असोज ५ 

सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपको लागि नेपाली युवा टिमले शनिबार देखि तयारी थाल्ने भएको छ।

यु-१९ युथ एसिया कपमा नेपालले भारतसंग सेप्टेम्बर २९ तारिकमा पहिलो खेल खेल्दैछ। नेपाल रहेको समुह ‘ए’ मा साविकको बिजेता अफगानिस्तान सहित भारत र युएई रहेका छन्। खेल तालिका सबैभन्दा तल 

भारतमा यसै साता सम्पन्न चौकोणीय सिरिजमा सहभागिता पछि युवा टिम बिहिबार स्वदेश फर्किएको हो। सिरिजमा नेपालले भारत यु-१९ ‘ए’ र ‘बि’ संग पराजित भए पनि अफगानिस्तान यु-१९ लाई पराजित गरेको थियो भने तेश्रो स्थानको लागि भएको खेलमा भने पराजित भए पछि चौथो स्थान हाँसिल गरेको थियो।

टिमका मुख्य प्रशिक्षक बिनोद दासका अनुसार शनिबार १२:३० बजे देखि टिमले अभ्यास सुरु गर्नेछ। अभ्यासमा भारत टुरमा गएका र भारत जानु अघि टिममा रहेका गरि कुल १९ जना खेलाडीहरु रहेका छन्।

Rohit Paudel
Rohit Paudel

१९ मध्ये १५ जनाको टिम बंगलादेश जानेछ जसको छनौट भइसकेको र अन्तर्रास्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को अनुमति पछि १-२ दिन भित्रै टिमको घोषणा गर्ने दासले विकेटनेपाललाई जानकारी गराएका छन्। टिम २७ सेप्टेम्बरमा बंगलादेश प्रस्थान गर्ने तालिका रहेकोछ।

भारत टुरमा गएका खेलाडी मध्ये ३-४ वटा खेलाडी परिवर्तन गरेर टिम छनौट गर्ने यसअघिनै प्रशिक्षक दासले बताईसकेका छन्। सिनियर टिमका नियमित खेलाडी रोहित पौडेल समेत यु-१९ टिमबाट एसिया कपमा खेल्नेछन्।

मलेसियामा अघिल्लो बर्ष सम्पन्न यु-१९ युथ एसिया कपको अघिल्लो संस्करणमा नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो।

युथ एसिया कपमा नेपालको खेल तालिका

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।

२ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।

समुह ‘ए’ – नेपाल, भारत, अफगानिस्तान र युएई
समुह ‘बि’ – बंगलादेश,  हंगकंग,पाकिस्तान र श्रीलंका

नेपालको खेल तालिका :- सेप्टेम्बर २९ Vs भारत, अक्टोबर १ Vs अफगानिस्तान, अक्टोबर २ Vs युएई





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]