यस्तो छ नेपाल र नेदरल्याण्डको टि-२० क्रिकेटको बिगत



शनिवार देखि नेपालमा नेदरल्याण्ड, मलेसिया र आयोजक नेपाल बीच त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुँदैछ। नेपालले नेपाली भूमिमा खेल्न लागेको यो नै पहिलो त्रिकोणात्मक टि-२० सिरिज हो। सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित प्रतिद्वन्द्वी नेदरल्याण्डसंग नेपाल बिगत एक दशकमा धेरै पटक आमनेसामने भैसकेको छ।

टि-२० फर्म्याटमा पहिलो पटक २०१२ को टि-२० विश्वकप छनोटमा दुई देश बीच पहिलो पटक भेट भएको थियो। त्यसपछि हालसम्म नेपाल र नेदरल्याण्ड बीच ८ पटक टि-२० क्रिकेटमा भेट भएको छ। त्यस मध्ये ६ वटा खेलले टि-२० अन्तर्राष्ट्रियको समेत मान्यता पाएका छन्। ८ वटा खेल मध्ये नेदरल्याण्ड ५ वटा खेलमा र नेपाल २ वटा खेलमा विजयी भएको छ भने एउटा खेल नतिजाविहिन रहेको थियो। नेपालले हालसम्म नेदरल्याण्डसंग खेलेको टि-२० खेलहरुमा के-कस्तो नतिजा आएका थिए यो लेखमा प्रस्तुत गरेका छौँ –

मार्च २०१२ ( टि-२० विश्वकप छनोट २०१२ ) 

युएईमा आयोजित टि-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल र नेदरल्याण्ड बीच टि-२० क्रिकेटमा पहिलो पटक भेट भएको थियो। पहिलो भेटमा नेदरल्याण्ड ६ विकेटले विजयी भएको थियो।

टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट क्षेतीमा मात्र ८५ रन बनाउन सकेको थियो। ज्ञानेन्द्र मल्लले ३२ तथा बसन्त रेग्मीले २० रन बनाउनु बाहेक अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। जवाफमा नेदरल्याण्डले १३.५ ओभरमा ४ विकेट क्षेतीमा उक्त लक्ष्य पुरा गरेको थियो। बसन्त रेग्मीले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त थिएन।

२०१३ नोभेम्बर ( टि-२० विश्वकप छनोट २०१३ ) 

युएईमा आयोजित २०१३ टि-२० विश्वकप छनोट अन्तर्गत समुह चरणको खेलमा नेपाललाई नेदरल्याण्डले ५ विकेटले पराजित गरेको थियो। नेपालले दिइएको १०८ रनको लक्ष्य नेदरल्याण्डले ५ विकेट क्षेतीमा १६.२ ओभरमा भेटाएको थियो। नेपालको ब्याटिंगमा ज्ञानेन्द्र मल्लले ४४ तथा बिनोद भण्डारीले २९ रन योगदान दिएका थिए भने बलिंगमा बसन्त रेग्मीले ३ विकेट लिएका थिए।

२०१५ जुन/जुलाई ( नेपालको नेदरल्याण्ड भ्रमण , ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज ) 

२०१५ टि-२० विश्वकप छनोट प्रतियोगिता अघि नेपालले नेदरल्याण्डसंग ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो। उक्त सिरिजमा नेदरल्याण्ड ३-१ ले विजयी भएको थियो।

सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड १८ रनले विजयी भएको थियो। नेदरल्याण्डले दिएको १३५ रन लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७ विकेट क्षेतीमा ११६ रन मात्र बनाउन सकेको थियो। नेपालको लागि पारस खड्काले सर्वाधिक ४५ रन बनाएका थिए भने बलिंगमा बसन्त रेग्मीले २ विकेट लिएका थिए।

दोश्रो खेलमा नेदरल्याण्ड १०३ रनले विजयी भएको थियो। नेदरल्याण्डले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ६९ रनमै समेटिन पुगेको थियो।

तेश्रो खेलमा नेदरल्याण्ड १८ रनले विजयी भएको थियो। नेदरल्याण्डले दिएको १५० रनको लक्ष्य पछ्याएको नेपालले १३१ रन मात्र बनाउन सकेको थियो। नेपालको लागि पारस खड्काले सर्वाधिक ३६ रन तथा शरद भेसावकरले २४ रन बनाएका थिए भने बलिंगमा करन केसीले २ विकेट लिएका थिए।

चौथो खेलमा नेपाल ३ विकेटले विजयी हुँदै सिरिजको सान्त्वना जितको साथ अन्त्य गरेको थियो। नेदरल्याण्डले दिएको १४० रनको लक्ष्य नेपालले १९.४ ओभरमा ७ विकेट क्षेतीमा भेटाएको थियो। पारस खड्काले ५४ रन बनाउदै जितमा अहम योगदान दिएका थिए। नेपालको बलिंगमा सागर पुनले ३ विकेट तथा बसन्त रेग्मीले २ विकेट लिएका थिए।

२०१८, जुलाई २९ ( एमसीसी त्रिकोणात्मक टि-२० सिरिज ) 

मेरीलेबोन क्रिकेट क्लबले ( एमसीसी ) आयोजना गरेको सिरिजमा आयोजक एमसीसी सहित नेपाल र नेदरल्याण्ड समेत सहभागी रहेको थियो। सिरिज अन्तर्गत भएको खेल वर्षाका कारण नतिजाविहिन टुंगिएको थियो।

लर्ड्स क्रिकेट मैदानमा आयोजित खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेको थियो। नेदरल्याण्डले १६.४ ओभरमा ४ विकेट क्षेतीमा १७४ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिन पुगेको थियो।

नेदरल्याण्डको लागि वेसले बारेसीले सर्वाधिक ४४ रन, रायन टेन डोस्काटे र माइकल रिप्पोनले समान ३८ रन तथा स्कट एडवार्डले अविजित ३४ रन बनाएका थिए। नेपालको बलिंगमा सोमपाल कामि, बसन्त रेग्मी र करन केसीले समान १ विकेट लिएका थिए।

२०१९ , अक्टोबर ७ ( ओमान टि-२० सिरिज ) 

नेपाल र नेदरल्याण्ड बीच इतिहासमै एक मात्र टि-२० अन्तर्राष्ट्रिय खेल भएको छ। २०१९ अक्टोबरमा ओमानले आयोजना गरेको पाँच वटा देश सम्मिलित सिरिजमा त्यो अवसर जुरेको थियो।

ओमानको अल अमिरत क्रिकेट ग्राउण्डमा सम्पन्न भएको उक्त खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। नेदरल्याण्डले दिएको १३४ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ६ विकेट क्षेतीमा पुरा गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभरमा १०६ रन बनाउदा ६ विकेट गुमाईसकेको थियो। सातौं नम्बरमा ब्याटिंग गर्न आएका करन केसीले मात्र १४ बलमा ३ छक्का र १ चौका मद्दतले अविजित ३१ रन बनाउदै नेपाललाई जितसम्म पुर्याएका थिए। जितको लागि अन्तिम ओभरमा १७ रन आवस्यक रहंदा करनले आक्रामक ब्याटिंग गर्दै १ बल अगावै नेपाललाई जित चुमाएका थिए।

नेपालको लागि तत्कालिन कप्तान पारस खड्काले सर्वाधिक ३३ रन तथा बिनोद भण्डारीले २६ रन योगदान दिएका थिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३३ रन बनाएको थियो। नेदरल्याण्डको लागि ओपनर म्याक्स ओ’डोडले सर्वाधिक ४३ रन, कोलिन एंकरम्यानले २९ रन तथा एन्टोनियस स्टलले २१ रन बनाएका थिए। नेपालको बलिंगमा सन्दिप लामिछाने र करन केसीले समान ४ विकेट लिएका थिए।

यो पनि पढ्नुस 

ट्राई सिरिज : पारसको प्रतिस्थापनमा जोरा

त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलिको घोषणा, को परे को परेनन्





थप समाचार

T20WC : ट्रंपलम्यानको घातक बलिंग, नामिबियाद्वारा स्कटल्याण्ड पराजित

स्कटल्याण्डलाई ४ विकटले पराजित गर्दै युएईमा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा नामिबियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा अफगानिस्तानसंग पराजित […]

पाकिस्तानसंग हारपछि पनि सेहवागको विश्वास “भारतले टि-२० विश्वकप जित्नेछ”

युएईमा जारी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमै पाकिस्तानसंग १० विकेटको विशाल अन्तरले पराजित भएको भारतलाई प्रतियोगिता सुरु हुनु अघि विश्वकप […]

विश्वकप एसियाली छनोट खेल्ने महिला राष्ट्रिय टिमको घोषणा, कविता पहिलो पटक राष्ट्रिय टिममा

युएईमा आगामी महिना नोभेम्बर २० देखि २६ तारिखमा आयोजना हुने २०२१ आईसीसी महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताको लागि १४ […]

T20WC : बंगलादेश बिरुद्ध शानदार जित पछि इंग्ल्यान्ड समुह ‘१’ को शिर्षमा

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणमा इंग्ल्यान्डले आफ्नो शानदार लय जारी राख्ने क्रममा बंगलादेशलाई ८ विकेटले सहजै पराजित गरेको […]

T20WC : टि-२० विश्वकपमा आज दुई खेल हुँदै

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत सुपर-१२ चरण चल्दै गर्दा आज बुधबार दुई खेल हुँदैछन्। दिनको पहिलो खेलमा समुह […]

T20WC : पाकिस्तानको लगातार दोश्रो जित

न्युजिल्यान्डलाई  ५ विकेटले पराजित गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकपमा लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा उसले भारतलाई १० विकेटले […]