सुपर ओभरमा पुगेको खेलमा जिम्बाब्वेसंग घरेलु टिम पाकिस्तान स्तब्ध



पाकिस्तान भ्रमण अन्तर्गत ३ खेलको एकदिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा जिम्बाब्वेले घरेलु टोलि पाकिस्तानबिरुद्ध सुपर ओभरमा सनसनीपूर्ण जित दर्ता गरेको छ। यस अघि पहिलो र दोस्रो खेलमा क्रमशः २६ रन र ६ विकेटको जित दर्ता गर्दै पाकिस्तानले एक खेल अगावै सिरिज आफ्नो नाम गरेको थियो। जिम्बाब्वेको जित पछि सिरिज २-१ ले पाकिस्तानले जितेको छ।

रावलपिण्डिमा सम्पन्न खेलमा पहिले ब्याटिंग गरेको जिम्बाब्वेले २७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा पाकिस्तानले ९ विकेट गुमाएर स्कोर बराबरी गरेको थियो।

अन्तिम २ ओभरमा जितको लागि पाकिस्तानलाई जित्न २० रन आवस्यक हुँदा ४९ औं ओभरमा ब्लेसिंग मुजाराबानीले अन्तिम २ बलमा लगातार शाहिन अफ्रिदी र शतक बनाएका बाबर आजमको विकेट लिंदै जिम्बाब्वेलाई खेलमा फर्काएका थिए। अन्तिम ओभरमा जित्न १३ रन आवस्यक हुँदा मुसाले पहिलो बलमा चौका हिर्काएका थिए। त्यसपछि रिचर्ड नगराभाले ४ बलमा कसिलो बलिंग गरेता पनि अन्तिम बलमा जित्न ५ रन आवस्यक हुँदा मुहम्मद मुसाले चौका प्रहार गर्दै खेल बराबरी गरेका थिए।

सुपर ओभरमा के भयो 

सुपर ओभरमा पहिले ब्याटिंग गरेको पाकिस्तानले मात्र २ रन बनाउदै ३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। सुपर ओभरको पहिलो बलमै इफ्तिखार अहमदलाई मुजरबानीले बोल्ड गरे। दोश्रो र तेश्रो बलमा खुसदिल शाह र फखर जमानले १/१ रन लिए। चौथो बलमा मुजरबानीले खुसदिललाई बोल्ड गर्दा पाकिस्तान मात्र २ रनमा सिमित भएको थियो।

जिम्बाब्वेले तेस्रो बलनै लक्ष्य पुरा गर्यो। शाहिन अफ्रिदीको पहिलो बलमा ब्रेण्डन टेलरले १ रन लिएका थिए जसपछि सिकन्दर राजाले दोश्रो बलमा रन बनाउन नसकेता पनि तेश्रो बलमा चौका प्रहार गर्दै जिम्बाब्वेलाई रोमान्चक जित दिलाए।

बाबर आजमको शानदार शतक

यस अघि लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको पाकिस्तानले २० रनको योगफलमै ३ विकेट गुमाएको थियो। इमाम-उल-हकले ४, फकर जमानले २ तथा हेदर अलिले मात्र १३ रन बनाए।

तेश्रो नम्बरमा ब्याटिंग गरेका कप्तान बाबर आजमले १२५ रनको शतकिय पारी खेल्दै पाकिस्तानलाई खेलमा अघि बढाएका थिए। १२५ बलको सामना गरेका उनले १३ चौका तथा १ छक्का प्रहार गरे। आजमको यो ११ औं एकदिवसीय शतक हो।

बाबर आजमले ११ औं एकदिवसीय शतक प्रहार गरे

१५१/६ को खराब अवस्थामा पुगेको पाकिस्तानलाई बाबरले सातौं विकेटका लागि वहाव रियाजसंग १०० रनको साझेदारी गर्दै बराबरीतर्फ डोर्याएका थिए। वहाव रियाजले ५६ बलमा ५२ रन बनाउदै बाबरलाई गतिलो साथ दिएका थिए।

जिम्बाब्वेको बलिंगतर्फ ब्लेसिंग मुजारबानीले ५ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४९ रन खर्चिए। मुजारबानीको वानडे करियरको यो उत्कृस्ट स्पेल हो। डोनाल्ड त्रिपानो र रिचार्ड एनगराभाले समान २-२ विकेट लिए।

जिम्बाब्वेको ब्याटिंग  

यस अघि खेलमा टस जितेर ब्याटिंग गरेको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७८ रन बनाउदै पाकिस्तानलाई २७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जिम्बाब्वेका लागि सिन विलियम्सले पाकिस्तान बिरुद्ध पहिलो तथा करियरको चौथो शतक बनाउने क्रममा अविजित ११८ रन बनाएका थिए। १३५ बलको सामना गरेका उनले १३ चौका र १ छक्का हिर्काए।

सिङ विलियम्सले शतक बनाए

खराब सुरुवात गरेको जिम्बाब्वेले पहिलो ३ विकेट २२ रनको योगफलमै गुमाएको थियो। चौथो विकेटका लागि विलियम्स र ब्रेण्डन टेलरले ८४ रनको साझेदारी गर्दै जिम्बाब्वेको इनिंग उकासे। यस्तै पाँचौ विकेटका लागि विलियम्सले वेसले मधिभिरेसंग ७५ रनको तथा छैठौं विकेटका लागि सिकन्दर राजासंग ९६ रनको साझेदारी गर्दै जिम्बेब्वेलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याय। टेलरले ५६ रन, राजाले ४५ रन तथा मधिभिरेले ३३ रन बनाए।

पाकिस्तानको बलिंगमा दायाँ हाते पेसर मोहम्मद हसनैन एक्लैले ५ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र २६ रन खर्चे। करियरमा उनले एकै इनिंगमा ५ विकेट लिएको यो पहिलो पटक हो। वहाव रियाजले १ विकेट ( १०-०-६५-१ ) लिए।

सिरिज अन्तर्गत पहिलो २ एकदिवसीय पाकिस्तानले क्रमशः २६ रन र ६ विकेटले जितेको थियो। एकदिवसीय सिरिज पछि दुई टिम बीच नोभेम्बर ७ देखि ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

को बन्ला नेपालको मुख्य प्रशिक्षक, क्यानले आईसीसीलाई पठाइयो आवेदकहरुको सूची

आईपीएल २०२१ को लागि धोनीले बताए आफ्नो योजना





थप समाचार

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]

दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस […]

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]