जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतिपूर्ण लक्ष्य



बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम खेल जारि रहेको छ।

हरारे स्थित हरारे स्पोर्ट्स क्लब मैदानमा टस हारेर ब्याटिंग गरेको जिम्बाब्वेले ४९.३ ओभरमा सबै विकेट गुमाएर २९८ रन बनाउदै बंगलादेशलाई २९९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जिम्बाब्वेको लागि ओपनर रेगिस चकाभाले सर्वाधिक ८४ रन योगदान दिए जुन क्रममा उनले ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। रायन बर्लले ५९ रन, सिकन्दर राजाले ५७ रन, डायन मेयर्सले ३४ रन तथा कप्तान ब्रेण्डन टेलर ले २८ रन योगदान दिए।


चकाभाले ओपनर ताडीवानाशे मारुमानीसंग ३६ रन, ब्रेण्डन टेलरसंग ४२ रनको तथा डायन मेयर्ससंग ७१ रनको साझेदारी गरेका थिए। ३५ औं ओभरमा चकाभालाई तास्किन एहमदले बोल्ड गरे। त्यसपछि सिकन्दर राजा र रायन बर्लले छैठौं विकेटको लागि ११२ रनको साझेदारी गरे। राजालाई ४८ औं ओभरमा मुस्तफिजुर रहमानले तथा बर्ललाई ४९ औं ओभरमा मोहम्मद सैफुद्दीनले पेभेलियन फर्काए।

बंगलादेशको बलिंगमा दायाँ हाते पेसर मोहम्मद सैफुद्दीनले ३ विकेट लिएता पनि महँगो सावित हुने क्रममा ८ ओभरमा ८७ रन खर्चिए। मुस्तफिजुर रहमानले पनि समान ३ विकेट लिंदा ९.३ ओभरमा ५७ रन खर्चिए। महमुदुल्लाहले २ विकेट ( १०-०-४५-२ )  तथा शाकिब अल हसन ( १०-०-४६-१ ) र तास्किन एहमद ( १०-१-४८-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेलमा बंगलादेश क्रमशः १५५ रन र ३ विकेटले विजयी भएको थियो।





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]